भाद्र २६ गते २०७८

संखुवासभा हत्याकाण्डमा छिमेकी लोकबहादुर कार्की पक्राउ

संखुवासभा २६ भाद्र  । संखुवासभाको मादी नगरपालिका– १ मा तीन पुस्ताकै वंश नाश हुने गरी भएको वीभत्स हत्यामा संलग्न रहेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

एकै परिवारका ६ जनाको ज्यान गरी भएको समूल हत्याकाण्डको अनुसन्धान गरिरहेको प्रहरीले आज ९शनिबार० बिहान छिमेकी घरकै एक २६ वर्षीय युवक लोकबहादुर कार्कीलालाई पक्राउ गरेको हो ।

प्रहरी स्रोतका अनुसार पक्राउ परेका युवक हत्या गरिएका घरमूली बुद्धमान कार्कीको भतिजो नाता पर्ने रहेका छन् । प्रहरीले औपचारिक रुपमा भने आरोपीलाई सार्वजनिक गरेको छैन । आइतबारसम्म सार्वजनिक गर्ने तयारी रहेको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय, संखुवासभाका अनुसार मृतक तेजबहादुर सबेरै दुई सय मिटर मास्तिरका भतिजो नाता समेत पर्ने छिमेकी लोकबहादुरको घरमा उनका दुई दाजुभाइलाई लिन गएका थिए । तर बाटोमै टाउको पछाडिबाट हिर्काएर तेजबहादुरको हत्या भएको खुलेको प्रहरीले बताएको छ ।

अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार लोकबहादुरले आफूले तेजबहादुरलाई मात्र मार्न चाहेको बयान दिएका छन् । तर घरका अन्य सदस्य पनि आएपछि अरुलाई पनि मार्न बाध्य भएको भनेका छन् । कराउन थालेपछि आत्तिएका उनले घरतिर समेत गएर सबैको हत्या गरेको साबिती बयान दिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका व्यक्तिको घरमा रगतको टाटा लागेको सर्ट र हत्यामा प्रयोग भएको रड भेटिनुले उनी शंकाको घेरामा थिए । अब उनको सर्टमा लागेको रगत र हत्या भएका व्यक्तिको डिएनए म्याचिङ ९परीक्षण० गरेपछि मात्रै उनको संलग्नता पुष्टि हुने र अनि मात्र सार्वजनिक गरिने बताइएको छ ।

स्थानीयहरुका अनुसार पक्राउ परेका व्यक्तिको मानसिक अवस्था कमजोर रहेको पाइएको छ । उनी केही समयदेखि औषधि सेवन गरिरहेको खुल्न आएको छ । अहिलेसम्म हत्यामा एक व्यक्तिको मात्रै संलग्नता रहेको पाइएको र घटनाको अनुसन्धान लगभग अन्तिम अवस्थामा रहेको प्रहरी स्रोतको दाबी छ ।

पक्राउ परेपछि लोकबहादुरले दिएको बयानअनुसार मृतक तेजबहादुर उनलाई हेप्ने गर्थे, नमिठो बोल्थे । एक वर्षअघि उनकै घरमा लोकबहादुरकी आमा लडेकी थिइन् । गम्भीर घाइते भएकी आमालाई उपचारका लागि झापाको एक अस्पताल लगिएको थियो । उपचारका क्रममा मृत्यु भयो । ‘आमाको मृत्यु पछाडि तेजबहादुरकै षडयन्त्र भएको लोकबहादुरको बुझाइ रहेको खुलेको छ ।

घरका सबैभन्दा अग्रज व्यक्ति ८५ वर्षीय बौद्धमान कार्कीबाहेक सामूहिक हत्या भएकाहरूमा ५८ वर्षीय तेज कुमार कार्की, ५१ वर्षीय कमला कार्की, २६ वर्षीय रञ्जना घिमिरे कार्की , ९ वर्षीय दिपने कार्की र ३ वषीय गोमा कार्कीको शव तीन फरक फरक स्थानमा फेला परेको थियो ।
आँखा देख्न र कान सुन्न नसक्ने बौद्धमान भने सकुशल रहेका छन् । घटनाबारे उनलाई स्थानीयले सोधपुछ गर्दा उनले मेलापातमा गएको होला भनेर भनेका थिए ।