भाद्र ६ गते २०८०
काठमाडौंबाट म्याग्दी जाँदै गरेको बस त्रिशुलीमा खस्दा ८ जनाको मृत्यु
पोखरा ।
काठमाडौंबाट म्याग्दी जाँदै गरेको बस धादिङको गजुरी नजिक बाट त्रिशुली नदीमा खस्दा ८ जनाको मृत्यु भएको छ ।
धादिङको गजुरी २, चालीसे झरना नजिकै त्रिशुलीमा बस खस्दा सवारमध्ये ८ वटा शव भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख गौतम मिश्रले बताएका छन् । ८ जना घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस आज बुधबार बिहान सवा ११ बजे सडकबाट करिब ४० मिटर तल त्रिशुली नदीमा खसेको थियो ।