श्रावण १७ गते २०८०

कास्की जिल्लाको शान्ति सुरक्षा थप कडा वनाउने

कमल पौडेल अथक
पोखरा १७, साउन
कास्की जिल्लाको शान्ति सुरक्षा थप कडा वनाउने जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । कार्यालयले आज आयोजना गरेको बार्षिक प्रगति समीक्षा कार्यक्रममा सो कुराको जानकारी गराएको हो ।
पोखरामा पछिल्लो समयमा चोरी र वैंकिङ कसुरका घटना बढेको भन्दै तत्काल त्यसमा निगरानी बढाईएको प्रहरी नायव उपरिक्षक एवं सूचना अधिकारी श्रवणकुमार विकले जानकारी दिएका छन् ।
पछिलो समयमा शिव शिखर वहुउदेश्यीय सहकारीका १ हजार बचतकर्ताले ५४ करोड वढीको ठगीको उजुरी र इमेज सहकारीको तर्फवाट ४ सय ८ जना बचतकर्ताले ६२ करोड बढीको ठगी उजुरी दिएकोले त्यसका वारेमा अनुसन्धान भै रहेको उनले वताए ।
त्यसैगरी जिल्ला प्रहरी कार्यालय कास्कीबाट ५ सय मिटरको दुरीमा रहेको प्रस्र्याङ क्षेत्रमा दिन प्रतिदिन चोरीका घटना बढेको र बैदाम प्रहरीको पहुँच नपुगेको पत्रकारले गुनासो गरेका थिए । प्रस्र्याङमा राखिएको ट्राफिक बीटले गाडीको असुली मात्र गरेको अन्य शान्ति सुरक्षाको लागि जनपद प्रहरी नै आवस्यक भएको उनीहरुले वताए ।
गुनासो सुनुवाई गर्दै प्रहरी नायव उपरिक्षक विकले उक्त क्षेत्रमा तत्काल जनपद प्रहरीको पहुँच पुर्याउने वताए ।
पोखराका जुन सुकै स्थानमा अपराधका घटना घटेपनि प्रहरीका ९ वटै सिआरभी भेन स्टेण्डवाई रहेको र तत्काल घटनास्थलमा पुग्ने उनले दाबी गरे । सो अवसरमा पत्रकारहरुले पोखराको सुरक्षा व्यवस्थामा दिन प्रतिदिन चुनौति थपिएको र प्रहरी प्रशासन फितलो हुँदै गएको अनुभूति नागरिकले गरेको गुनासो गरेका थिए ।