जेठ १६ गते २०८०
गोनेसाद्धारा गरीब, विपन्न बिद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कमल पौडेल अथक
पोखरा १६, जेठ
असल छिमेकी सहयोग संघ गोनेसाले गरीब तथा विपन्न बालवालिकालाई शैक्षिक सामग्र वितरण गरेको छ । बालवालिका विद्यालय भर्ना कार्यक्रम अन्तर्गत संघले आज एक समारोका बीच पोशाक तथा शैक्षिक सामग्री वितरण गरेको हो ।
शैक्षिक सामाग्रीबाट १ सय २५ वालवालिका लाभान्वीत भएका छन् । सो कार्यक्रम अन्तर्गत कूल ४ सय २५ जना बालवालिका यो बर्ष लाभान्वीत हुने गोनेसाले जनाएको छ ।
पोशाक हस्तान्तरण गर्दै गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले गणतन्त्रले नेपाली गरिव विपन्नलाई पनि राष्ट्रपति वनाउने ढोका खोलेको वताए । उनले आज शैक्षिक सामग्री हात पारेका विद्यार्थी भोलि देशका राष्ट्रपति वन्न सक्ने वताए । तर उनले अपराधीलाई उन्मुक्ति दिने बर्तमान राष्ट्रपति जस्तो कोही नवनून् भन्ने सन्देश व्यक्त गरे ।
गोनेसाका अध्यक्ष रामप्रसाद सुवेदीले बालवालिकाको सुनौलो भविश्यको आँकलन गरेर शैक्षिक सामग्री वितरण गरिएको वताए । उनले यो सामग्रीको सही सदुपयोग गर्न बालवालिका र तिनका अभिभावकलाई आग्रह गरे ।
संघका निवर्तमान अध्यक्ष मेजर दिलवहादुर गुरुङले दाताले दिएको सहयोगवाट गरीब विपन्न वालवालिकाले थोरै धेरै सहयोग प्राप्त गर्नु खुसीको कुरा भएको वताए ।
सो समारोहमा शैक्षिक सामग्री लिनको लागि वालवालिकाका अविभावकहरु पनि सँगै उपस्थित रहेको व्यवस्थापक शिव शर्माले वताए ।