जेठ १ गते २०८०

हाइकिङद्धाराअर्मलाकोटको प्रवद्र्धन गर्दै हाइकर्स क्लब

पोखरा ।पोखरा आसपासका ग्रामिण भेगहरुमा रहेका होमस्टेहरुलाई हाइकिङकामाध्यमले प्रवद्र्धन गर्दै आएको हाइकर्स क्लब नेपालले आफ्नो ३४ औं श्रृङ्खला अर्मलाकोट सामुदायिकहोमस्टेमा सम्पन्न गरेको छ ।
हाइकिङमा सहभागीहरुलाई होेमस्टे अध्यक्षवविता गुरुङ, आमा समुहअध्यक्षझलश्री गुरुङ लगायतकाआमादिदीबहिनीहरुले फ्ुलमालाले स्वागत गरेका थिए ।
सहभागीलेआफ्नै खर्चमाहाइकिङमाजोडिदै आन्तरिक पर्यटन प्रवद्र्धनमालाग्नु राज्यको लागि ठुलो योगदान रहेको हाइकिङमापहिलो पटक सहभागीपोखरा महानगरपालिका वडा नंं २१ का निवर्तमान वडा अध्यक्ष खगराजआचार्यले वताएका छन् । उनले हाइकर्स क्लबले स्वतःस्फुर्त रुपमाआन्तरिक पर्यटन प्रवद्र्धनमा महत्वपुर्ण योगदानदिएकोले यस प्रकारका कार्यक्रममा स्थानिय सरकारले सहयोग गर्नुपर्ने वताएकाथिए ।
विगत ४ वर्ष अगाडिबाट नियमित रुपमाहाइकिङ कार्यक्रमगरिर्दै आएकोमा कोभिड महामारीको कारण केहि समय रोकिएतापनि त्यसपछिका दिनहरुमानियमितहाइकिङ कार्यक्रमगरिर्दै आएको र त्यसपछिका कायएक्रमहरुमा सहभागिहरुको संख्यापनि वढ्दै गएको संयोजकपत्रकार कृष्ण रानाभाटको अनुभव छ । रानाभाटका अनुसरक्लबलाई विधिवतदर्ता गरेर आगामिदिनमाव्यवस्थितपार्दै सम्बन्धितनिकायको सहकार्यमाहाइकिङ कार्यक्रम संचालनगर्ने बारे धेरै काम अघि वढिसकेको छ ।
उनले हाइकर्स क्लबको स्थापनामागाउँपर्यटन प्रवद्र्धन मञ्च भिटोफ गण्डकीका संस्थापकतारानाथपहारी र पुर्व अध्यक्षतथापोखरा महानगर पर्यटन विकास समितिकाउपाध्यक्ष रविन्द्रराजपौडेलको अग्रणि भुमिका रहेको वताउँदै क्लबको स्थापनागर्नुपर्छ भनेर लागि पर्ने संस्थापक प्रविण तुलाचनप्रतिविशेष धन्यवाददिएकाथिए ।
क्लबका सदस्यतथा टे«किङ गाईड सुन्दर त्रिपाठीले पहिलो पटक हाइकिङमा सहभागिहरुलाई पदायात्राकाक्रममाआउन सक्ने स्वास्थ्यतथाअन्य समस्याकावारेमावताउर्दै समाधानकाउपायकाबारेमावताएकाथिए ।
त्यसै गरी क्लबकाउपाध्यक्ष ज्योतिहमाल, कानुनी सल्लाहकार अधिवक्तमनोज घर्तिमगर क्लबले आगामिदिनहरुमाहाइकिङका सथै सामाजिककार्य पनिगर्नुपर्ने भनाई राखेका थिए ।
क्लबका आइटि संयोजक वेवपेज नेपालकाप्रवन्धनिर्देशनपितम सेन ठकुरीले हाइकिङमा सहभागीहुनअनलाईन फर्म अनिवार्य गराउनु पर्ने धारणा राखेका थिए । यसो गर्न सकिएमायातायात र खानाखाजाको लागिव्यवस्थितगर्न सजिलो हुने उनको भनाइथियो ।
हाइकिङमाकालाबाङ घरेडी सामुदायिकहोमस्टेका अध्यक्षयामबहादुर गुरुङ, धनश्यामपौडेल, मोहनखत्री, शालिकराम भण्डारी, प्रमिसासिलवाल, आरती रानाभाट, राजेन्द्र वस्याल, खाम केसी, हरि शर्मा, हरि रानाभाट लगाएत ३६ जना सहभागिता रहेको थियो ।