फागुन ८ गते २०७९

व्यवसायमा मानव अधिकारको उपयोग हुनु पर्नेमा जोड

पोखरा ८, फागुन
कमल पौडेल अथक
मानव अधिकारको उपयोग सवै ठाउँमा हुनु पर्ने एक कार्यक्रमका वक्ताले वताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको आयोजना, युएनडीपीको सहयोग र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्र्रदेशको व्यवस्थापनमा हिजो पोखरामा आयोजित व्यवसाय र मानव अधिकार विषयक छलफल कार्यक्रममा वोल्ने वक्ताहरुले सो कुरा वताएका हुन् ।
पछिल्लो समयमा बैंकहरुले व्याज वढाएर व्यवसायीको मानव अधिकारको दुरुपयोग गरेको उनीहरुले वताए । उद्योग व्यवसायमा मानवअधिकारको विषयले प्राथमिकता नपाउँदा व्यवसायीहरु अन्यायमा परेको उनीहरुको भनाई छ ।
उनीहरुले व्यवसायी र सरकारको हातेमालो भएमा देशको अर्थतन्त्र सवल हुने धारणा व्यक्त गरे ।
सो अवसरमा वोल्दै नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष संजीवबहादुर कोइरालाले पछिल्लो समयमा व्यवसायीका मानवअधिकार उलंघन भैरहेको वताए । उनले गलत धन्दा गर्ने व्यवसायीलाई सरकारले अनुगमन गरी कारवाही गर्नु जरुरी भएपनि अधिकांश व्यवसायीहरु अनाहकमा प्रताडित भएको वताए ।
कार्यक्रममा अधिवक्ता सन्तोष सिग्देल, युएनडीपीका प्रकाश मगर, र उपसचिव दीपेन्द्र पौडेलले कार्यक्रमको सहजिकरण गरेका थिए ।
नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश अध्यक्ष संजीवबहादुर कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका कर्मचारी सीता घिमिरेले पनि वोलेकी थिएन् ।