फागुन ५ गते २०७९
नेपालको पहिलो होमस्टेको रजत महोत्सव
२५ वर्ष अगाडी नेपालमा गाउं पर्यटन शुरु गर्ने स्याड.जा, सिरुवारी होमस्टेले आफ्नो रजत महोत्सव मनाएको छ । यही फाल्गुण ५ देखी ७ सम्म भएको सो रजत महोत्सव पर्यटन मन्त्री सुदन किरातीले उदघाटन गरेका थिए । उनी बिहिवार साझ सिरुवारी पुगेर त्यही बासबसी सुक्रबार कार्यक्रम दिनभर कार्यक्रममा सहभागि भएका थिए । नेपालमा गाउ रित्तिदै गएको र शहर तथा बिदेश बसाइ सराइले गाउ सुन्ने गएको हालको तितो यर्थातमा गाउलाई कसरी बिकास गर्न सकिन्छ भन्ने आफ्नो अवधारणा अनुसार यस गाउको होमस्टे क्रियाकलावले अति प्रभावित पारेका कुरा बताए । साथै उनले सिरुबारी गाउ पर्यटनको एक अध्यान केन्द्र भएकोले अव गाउ पर्यटनलाई उत्पादनसग पनि जोडे मात्र दिगो र फलदायी हुने ब्यक्त गर्दैैै संसारभरका नेपाली , बिदेशीलाई सिरुवारी घुम्न आउन आग्रह गरे ।
अहिले नेपालमा झण्डै १५ सय होमस्टे सञ्चालनमा छन भने ग्रामिण पर्यटन (होमस्टे) महासंघमा मात्र ७ सय मात्र दर्तामा छन । नेपालका करिव ७ हजार घरधुरी आवद्ध भएको यो ग्रामिण पर्यटन नेपालको बिकासमा हरेक क्षेत्रमा मद्धत गरेको छ ।नेपाल पर्यटन बोर्डका सिइओ डा धनन्जय रेग्मी लगायत बिशिष्ट अतिथिहरु बिहिबार साझ नै सिरुवारी पुगी सास्कृतिक कार्यक्रममा सहभागी भएका थिए । सवै अतिथि, पाहुनालाई गाउलेले फुलको मालाले स्वागत गरि स्थानिय गुम्बाको दर्शन गराएका थिए ।
शुक्रबार बिहान आगुन्तुक सवै पाहुनाहरुलाई गाउ परिक्रमा गराई ग्रामिण पर्यटनका पिता तथा स्थानिय नेता क्याप्टेन रुद्रमान गुरुड.को प्रतिमामा माल्यापर्ण गरि रजत महोत्सव कार्यक्रम उद्घाटन भएको थियो ।
गण्डकी प्रदेश सभासद सरस्वती गुरुड.ले सिरुवारीलाई अध्यान केन्द्र बनाउन यही गाउकी चेलीको नाताले के गर्नुपर्छ आफु सधै प्रयासरत रहने प्रतिबद्धता जनाएकी थिइन । साथै सभासद राजु थापा र अन्य बिशिष्ट अतिथिले आफ्नो मन्तब्य राखेको थिए । उक्त कार्यक्रममा सिरुबारी र्दपण बिमोचन गर्नुको साथै उत्कृष्ट होमस्टे पुरस्कार अमलटारीको मध्यवर्ती सामुदायिक होमस्टे प्रदान गरिएको थियो ।
नेपालको पर्यटन क्षेत्र र ग्रामिण पर्यटनको सकारात्मक प्रचारप्रसार पत्रकारिकाको माध्यामले महत्वपूर्ण योगदान गर्ने नेपालका चर्चित पर्यटन पत्रकार अमृत भादगाउलेलाई सिरुबारीको पर्यटनमा महत्वपूर्ण योगदान पुर्याए बापत रु २५ हजार नगद पुरस्कार सहित सम्मान गरिएको थियो । यस्तै सिरुबारीको पर्यटन बिकासमा योगदान दिने अन्य धेरै ब्यक्तित्वलाई सन्मान गरिएको थियो ।
महोत्सवमा इन्द्रेणी समूहका कृष्ण कडेल र उनको टिम सहित बरिष्ट लोकगितकार बसन्त थापा, राजन गुरुड. लगायत धेरै कलाकारको उपस्थिती रहेको थियो ।
शनिबारसम्म सञ्चालन हुने रजत जयन्ती मुल समारोह समितिकी संयोजक उर्मिला गुरुङले बताइन्।
स्मरणीय रहोस्, सिरुबारी नेपालको पहिलो पर्यटन गाउँ हो। भारतीय सेनाका रिटायर्ड क्याप्टेन रुद्रमान गुरुङले यहाँ सामुदायिक होमस्टे सुविधासहित गाउँ पर्यटन शुभारम्भ गरेका थिए । वि।सं। २०५४ कात्तिक २३ गते देखि गाउँमा पाहुना राख्न थालिएको थियो। सिरुबारीको सिको गर्दै आज मुलुकभर होमस्टे खुलेका छन्।
होटल÷रेस्टुरेन्टबाट सीमित व्यक्तिले फाइदा पाउँछन्। पाहुनालाई बाँडेर गाउँलेका घरघरमा राख्दा सबैलाई फाइदा पुग्छ। सबैले कमाइ गर्ने अवसर पाउँदा समाजमा शान्ति हुन्छ। यही सत्य बुझेर क्याप्टेन रुद्रमानले जन्मथलो सिरुबारीमा सामुदायिक होमस्टे शुभारम्भ गरेका थिए।
राज्यले भन्दा धेरै वर्ष पहिले नै क्याप्टेन रुद्रमानले नेपालमा सामुदायिक होमस्टेसहित ग्रामीण पर्यटनको फूल फुलाएका थिए। नेपाल सरकारले वि।सं। २०६७ मा ल्याएको ‘होमस्टे सञ्चालन कार्यविधि’ले मात्र पहिलो पटक होमस्टेलाई सम्बोधन ग¥यो।
गण्डकी प्रदेश, स्याङ्जा जिल्ला, आँधीखोला गाउँपालिका वडा नं १ मा पर्दछ सिरुबारी गाउँ ९१,६१० मिटर०। गाउँका ४३ मध्ये २० घरमा होमस्टे सुविधा छ ।