माघ २० गते २०७९

पोखरामा किशोरी झुन्डिएको अवस्थामा फेला

पोखरा, २० माघ ।
पोखरामा १३ वर्षीया किशोरी झुन्डिएको अवस्थामा मृत फेला परेकी छिन् । पोखरास्थित तालबाराही माविमा पढ्दै गरेकी किशोरी हिजो बुधबार साँझ करिब ७ बजे घरमा झुन्डिएको अवस्थामा फेला परेको वडा प्रहरी कार्यालय बैदामका प्रहरी प्रमुख डिएसपी युवराज भण्डारीले जानकारी दिनुभयो । उनी कक्षा ७ मा पढ्दै आएको जनाइएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।