असाेज ९ गते २०७६

काग्रेंस सभापति देउवासँग अमेरिकी राजदूत बेरीको भेट

चिनियां प्रभाव नेपालमा बढे सगैं अमेरिकाले पनि चासो दिएको छ।आज नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत र्यान्डी डब्ल्यु बेरीले शिष्टाचार भेटवार्ता गरेका छन।

भेटमा उनीहरुबीच द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने र दुई देशबीचको दशकौं देखिको विकास साझेदारी अझ प्रभावकारीरुपमा अघि बढाउने लगायत विषयमा छलफल भएको थियो।उनीहरुबीच समसामयिक राजनीति र द्विपक्षीय आपसीहितका विषयमा छलफल भएको सभापति देउवाका सहयोगी भानु देउवाले जानकारी दिए।