पौष २४ गते २०७९

पृथ्वी जयन्तीमा सर्वजनिक बिदा दिइने

पोखरा, २४ पुस ।

पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिन सत्ता गठबन्धनमा सहमति जुटेको छ । सत्तारुढ गठबन्धनले तयार गरेको नीतिगत प्राथमिकता र कार्यक्रममा सो दिन बिदा दिन दलहरु सहमत भएका छन् ।

प्रचण्ड नेतृत्वको सरकारले १३ पृष्ठको २० बुँदामा समेटिएको सरकारको नीतिगत प्राथमिकता र कार्यक्रम तयार पारेको छ । ‘नेपालको भौगोलिक एकीकरणको ऐतिहासिकतालाई स्मरण र सम्मान गर्दै पृथ्वी जयन्तीका दिन पुस २७ गते सार्वजनिक बिदा दिने,’ सार्वजनिक भएको नीतिगत प्राथमिकता र कार्यक्रमको मस्यौदामा उल्लेख छ।

२७ पुस अर्थात् पृथ्वी जयन्तीका दिन बिदा दिनुपर्ने सर्त राप्रपाले राख्दै आएको थियो। शुक्रबार अन्तिम रुप दिइएको सो मस्यौदा शनिबार सत्ता गठबन्धनका शीर्ष नेतालाई बुझाउने तयारी छ।