मंसिर १५ गते २०७९

समृद्धि स्टिल्स औद्योगिक व्यापार मेलाको ९० प्रतिशत तयारी पूरा

पोखरा ,१५ मंसिर । आउँदो मङ्सिर १६ गतेदेखि २५ गतेसम्म पोखरामा आयोजना हुने लागेको समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेला २०७९ को ९० प्रतिशत तयारी पूरा भएको छ । “लगानीको सम्बर्द्धन उद्योग व्यवसायको प्रबर्द्धन” भन्ने मुल नाराका साथ आयोजना गर्न लागिएको व्यापार मेलाको बाकिँ काम अनुरुप नै यो मेला गण्डकी प्रदेशको व्यवसाय भोलि बिहीबारसम्म सम्पन्न हुने आयोजकले जनाएको छ । मेलालाई गण्डकी सरकार, पोखरा महानगरपालिका एवम् नेपाल पर्यटन बोर्डले प्रबर्द्धन गरेका छन् भने पोखराको प्रतिष्ठित व्यावसायिक समूह लक्ष्मी हाउसको उत्पादन समृद्धि स्टिल्सले मुख्य प्रायोजनमल रहेको माहासचिव बलराम आचार्यले बताउनु भयो । वाइट बलराम आचार्य ।
मेलाको गण्डकी प्रदेशका सञ्चार,कानून तथा प्रदेशसभा मामिलामन्त्री एवम् पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष विन्दुकुमार थापाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । यसपटक मेलाबाट अनुमानित आम्दानी एक करोडमा अनुमानित खर्च रु ८५ लाख कटाउँदा रु। १५ लाख बचत हुने पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष एवम् मेलाका संयोजक पवनकुमार प्रजापतिले बताएका छन् । उनले मेला आयोजनाबाट बचत भएको रकम उद्यमशीलता प्रबर्द्धन गर्न तथा व्यवसायीहरुको क्षमता अभिवृद्धिको लागि खर्च गरिने पनि जानकारी दिए अध्यक्ष पवनकुमार प्रजापतीले जानकारी दिनु भयो ।