मंसिर ७ गते २०७९

काठमाडौं १० मा कांग्रेसका राजन केसी विजयी

पोखरा, ०७ मंसिर । काठमाडौं क्षेत्र नम्बर १० मा नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र केसी ९राजन० विजयी भएका छन्।

उनी यसअघि भएका लगातार दुई निर्वाचनमा पनि विजयी भएका थिए। यसपटक उनी १४ हजार ४५८ मतसहित विजयी भए।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार हिमेस केसीले ११ हजार ७८६ मत पाएका छन्।

रास्वपाका प्रदीप विष्टले ८ हजार ७३६ र माओवादी केन्द्रकी अन्जना विशंखेले ५ हजार २६२ मत पाएका छन्।