असाेज १५ गते २०७९

गोर्खा भूतपूर्व सैनिक संघ गेसोको अध्यक्षमा फेरि पदमवहादुर, ट्रष्टको डिजाइन विगारिएको आरोप


कमल पौडेल अथक
पोखरा १५, असोज
गोर्खा भूतपूर्व सैनिक संघको अध्यक्षमा फेरि पदमवहादुर गुरुङ आएका छन् । यही कार्तिक ३ गते अघिल्लो कार्यसमितिको पदावधि समाप्त भएपछि पदमवहादुर गेसोको नेतृत्व गर्दै अध्यक्षको जिम्मेवारीमा आएका हुन् ।
गुरुङको अध्यक्षतामा ८१ सदस्यीय नयाँ समिति चयन भएको गेसोले जानकारी दिएको छ । त्यसैगरी राष्ट्रिय स्तरमा ख्यातिप्राप्त ६ जना व्यक्तिलाई सल्लाहकारको रुपमा चयन गरेको गेसोद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।
साथै गुरुङले स्याङ्जाको फेदिखोला १ साल्मेडाँडामा निर्माणाधिन गोर्खा स्मारक ट्रष्टको अध्यक्षमा धर्मवहादुर गुरुङलाई चयन गरेका छन् । समितिका अन्य पदाधिकारीहरु अव आफू बेलायत गएर छलफल पछि मनोनयन गर्ने उनले जानकारी दिएका छन् ।
यसैबीच गोर्खा स्मारक ट्रष्टको डीजाइन विगारेको भन्दै गेसोका अध्यक्ष गुरुङले आपत्ति प्रकट गरेका छन् । इन्जिनियर शंंकरनाथ रिमालले डीजाइन गरे बमोजिम गोर्खा स्मारक समाधिस्थल निर्माण हुन नसकेको भन्दै उनले आपत्ती जनाएका हुन् ।
शुक्रवार स्थानीय सरोकारवालाहरु सँग स्मारक निर्माण स्थल साल्मेडाँडामा आयोजित वृहद छलफल कार्यक्रममा वोल्दै उनले सो कुरा वताएका हुन् ।
सो अवसरमा उनले गोर्खा स्मारकको डीजाइन विगार्न तत्कालिन प्रधानमन्त्री केपी ओली नै लागेको आरोप लगाए । ओलीको निर्देशनमा परिचालित स्थानीय केही व्यक्तिले राज्यकोषको आर्थिक अपचलन गरेको उनले दाबी गरे ।
अब सो स्मारक बेवारिसे नछोड्ने र त्यसको पाँचौ चरण आफूले नै विशेष जिम्मेवारी तोकेर सम्पन्न गर्ने उनले वताए । सो स्थानमा ६० हजार गोर्खाको समाधिस्थल र १९ जातिको संग्रहालय निर्माण गर्ने उनले वताए ।
स्थानीय नागरिकले समाधीस्थल अलपत्र परेको भन्दै पूरा गर्नको लागि गुरुङलाई साथ दिने वचन दिएका छन् ।
स्थानीय ज्येष्ठ सदस्य तारापति सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष अमृत क्षेत्री, लक्ष्मीप्रसाद वराल, पुष्पराज शर्मा लगायतले वोलेका थिए ।