असार ५ गते २०७९

कालिका स्पोर्टस् लाई हराउदै चर्च ब्वाइज एफसी सेमिफाइनलमा


५ असार, २०७९
पोखरामा जारी नेपाल आइस छैटौं हेमजा गोल्डकप फुटबल प्रतियोगितामा
आइतवार चर्च व्याइज एफसी र कालिका स्पोर्टस् एकेडेमी बिच भएको खेलमा चर्च व्याइज एफसीले कालिका स्पोर्टस् एकेडेमी माथि १–० को जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च व्याइज एफसीको तर्फबाट जर्सि न १४ का आसिष चौधरीले १ गोल गरेका थिए । उक्त खेलमा म्यान अफ दि म्याच चर्च व्याइज एफसीको तर्फबाट जर्सि न १४ का आशिष चौधरीले प्राप्त गरेका छन् ।
प्रतियोगिताको तेस्रो खेल सोमवार खुमलटार युवा क्लब र बागमती युवा क्लब बिच हुने छ । प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ । विजेतालाई ६ लाख र उपविजेतालाई ३ लाख सहित सिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । पोखरा–२५ हेमजा स्थित गौरीशंकर खेल मैदानमा भइरहेको प्रतियोगितामा दर्शकहरुको उल्लेख्य उपस्थिति रहेको छ ।