असार १ गते २०७९

आदर्श लघुवित्तले ल्यायाे सेयर बिक्रीमा

काठमाडौं, १ असार ।

आदर्श लघुवित्त वित्तीय संस्थाले आजदेखि ६७ लाख रुपैयाँ बराबरको ६७ हजार कित्ता सेयर बिक्रीमा ल्याएकाे छ।

संस्थाले बिक्रीमा ल्याएकाे कुल ६७ हजार कित्ता सेयरबाट १ हजार ३५ कित्ता कर्मचारीका लागि रहेकाे छ। ३ हजार ३५० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएकाे छ । बाँकी रहेकाे ६२ हजार ६१५ कित्ता सेयर सर्वसाधारणका लागि रहेकाे छ ।

लगानीकर्ताले छिटाेमा असार ६ गते र ढिलोमा असार १५ गतेसम्म आवेदन पेस गर्न सक्नेछन् । यसका लागि घटिमा १० र बढीमा १ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।

लघुवित्तको चुक्ता पूँजी १ करोड ४० लाख रुपैयाँ रहेकाेमा सेयरकाे बिक्री तथा बाँडफाँडपछि चुक्ता पूँजी २ करोड ७ लाख रुपैयाँ पुग्ने भएकाे छ। आइपीओ निष्काशन तथा बिक्री प्रवन्धकमा बिओके क्यापिटल मार्केट रहेको छ।