जेठ २८ गते २०७९

बालिका बलात्कारको आरोपमा अनाथालयका अध्यक्ष र सचिव पक्राउ

मङ्गलबारे ,२८ जेठ ।

जबर्जस्ती करणी गरको आरोपमा इलामको राहसल बाल अनाथालयका अध्यक्ष र सचिवलाई प्रहरीले पक्राउ गरेको छ ।

अनाथालयकी बालिकालाई जबर्जस्ती करणी गरेको जाहेरी परेपछि सचिव कवीन्द्र राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख महेन्द्र श्रेष्ठले जानकारी दिए ।

प्रहरी प्रमुख श्रेष्ठका अनुसार सोही अनाथालयका अध्यक्ष राजेन्द्र चौहानसमेत पक्राउमा परेका छन् । उनीमाथिसमेत आरोप लागेपछि अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

राईलाई बिहीबार नै पक्राउ गरेर अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ भने चौहानलाई समेत म्याद थप गरेर विस्तृत अनुसन्धान गरिने भएको छ । चौहानमाथि आरोप लागेको बताइए पनि के आरोप लागेको हो भन्नेबारे खुलाउन नमिल्ने प्रहरीको भनाइ छ ।