भारतीय राजदुतावास, भारतिय पेन्सन बितरण शाखा पोखराले ६ मार्च देखी १६ मार्च सम्म भरतको “७५ औ आजादि दिवस्”अमृत महोत्सबको उपलक्ष्यमा लिग कम नक आउटको आधारमा आयोजना गरेको अन्तर बटालियन भू. पू. भलिबल च्यम्पियनसिप-२०२२ को उपाधि १/५ जि आर ले उचाल्न सफल भएको छ ।
फाईनल खेलमा २५/९, २८/२६ र २५/२१ को सोझो सेटमा २/४ जि.आर.लाई पराजित गरी १/५ जि.आर. च्यम्पियन हुन सफल भएको थियो ।
पि.पि.ओ पोखराका ओ.आई.सिलेफ्टिनेण्ट कर्नल श्री शसाङक त्रिपाठी ज्युले बिजेता तथा उप-बिजेता खेलाडीहरुलाई ट्रफी,मेडल तथा प्रमण-पत्र बितरण गर्नुभएको थियो ।
खेल सम्पन्न गर्न सहयोग गर्नुहुने रेफ्री लगाएत सम्पुर्ण अफिसियल्सहरुलाई पनि लेफ्टिनेण्ट कर्नल श्री शसाङक त्रिपाठीज्युले प्रमण-पत्र बितरण गर्नुभएको थियो ।
१/५ जि.आर.ले उपाधिको साथ रु. पच्चिस हजार नगद पनि प्राप्त गर्यो जस्को प्रायोजक नेपाल एस.बि.आई. बैक रहेको थियो भने उप-बिजेताको प्रायोजक एभरेस्ट बैन्क रहेको थियो । उप-बिजेता २/४ जि.आर.ले रु. पन्द्र हजार प्राप्त गर्यो ।
१० दिन सम्म सञ्चालन भएको प्रतियोगिताको फाईनलसम्म आई पुग्दा पनि सम्पुर्ण भु. पु. तथा भु .पु. परिवारहरुमा उहि जोस,उत्साह्,उमाङ्ग्,उच्च खेल भावना देख्न पाउदा खुशी लगेको र आउदो दिनमा पनि यहाँहरुको साथ र सहयोउ पाउने छ भन्ने बिश्वास सहित पि.पि.ओ पोखराका ओ.आई.सि. त्रिपाठीज्युले सम्पुर्ण प्रती कृतज्ञाता जाहेर गर्नुभयो ।
काठमाडौं, २८ माघ । नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले जनआन्दोलनको आगो दन्कने बताएका छन् । आज भृकुटीमण्डपमा आयोजित नेकपाको प्रचण्ड नेपाल समूहको विरोध सभामा बोल्दै उनले प्रतिक्रान्तिविरुद्ध...
Read More
पोखरा,२० पुष । नागरिक परोपकार समन्वय सस्था कास्कीले शववाहन खरिदका लागी सञ्चालन गरेको अर्थ संकलन अभियान अन्र्तगत हालसम्म ४० लाख रुपैंया संकलन भएको छ । अभियान अन्र्तगत सोमबार पोखरा...
Read More
कमल पौडेल अथकपोखरा २५, माघपोखरा महानगरपालिकाको आठौँ नगरसभा आइतबारदेखि पोखरामा शुरु भएको छ । पोखरा सभागृमा शुरु भएको सभामा छ वटा विधेयकहरु, एउटा कार्यविधि, १३ वटा ऐनहरुको संसोधन र...
Read More