फागुन ११ गते २०७८

नेपाली जनप्रगतिशिल मञ्च स्पेनद्धारा सहिद स्मृति विद्यालयमा आर्थिक सहयोग

पोखरा ११ फागुन ।

नेकपा माओवादी केन्द्र निकट रहेको नेपाली जनप्रगतिशिल मञ्च स्पेनले पोखराको सहिद स्मृति विद्यालयमा आर्थिक सहयोग गरेको छ ।

पोखरा महानगरपालिका वडानं १४ स्थित सहिद स्मृति आवासिय माध्यमिक विद्यालयमा एक कार्यक्रमका बीच नेकपा माओवादी केन्द्रका एव गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति दीपक कोइराला र नेपाली जनप्रगतिशिल मञ्च स्पेनका अध्यक्ष विशाल ढुङगानाले विद्यालयका प्रधानाध्यापक मोना गिरीलाई संयुत्तरुपमा एक लाख पचास हजार नगद हस्तान्तरण गर्नुभयो ।
गण्डकी प्रदेशका सांसद एवं कार्यक्रमका प्रमुख अतिथि दीपक कोइरालाले देशबाहिर भएर पनि सहिद स्मृति विद्यालयलाई सम्झेर आर्थिक सहयोग गरेकोमा जनप्रगतिशिल मञ्च स्पेनप्रति आभार प्रकट गर्नुभयो । उहाँले आर्थिक सहयोगले विद्यालयमा जे आवश्यकता छ त्यसमै लगानी गर्न सहज हुनेपनि जनाउनु भयो । जनप्रगतिशि मञ्चलेगरेको सहयोगबाट अन्यदेशमा रहेका विभिन्न मञ्चहरुलाई पनि सहयोग गर्न उत्प्रेणा थप्ने विश्वास ब्यक्त गर्नुभयो ।

जनप्रगतिशिल मञ्च स्पेनका अध्यक्ष विशाल ढुङगानाले आफुहरुको सहयोग सहि ठाउँमा होस भन्नेउद्देश्यले सहिद स्मृति आवासीय विद्यालयमा आर्थिक सहयोग गरेको बताउनु भयो ।परिवतनको आन्दोलनमा सहिद भएकाको छोराछोरीले अध्ययनगर्ने विद्यालयमा आफुहरुको सहयोगले थोरै भएपनि राहत हुने विश्वास ब्यक्तगर्नु भयो ।

२०६६ सालमा स्थापना भएको विद्यालयमा कक्षा १२ सम्म पढाइ हुन्छ भने अहिलेबाट प्राविधिक शिक्षापनि शुरु भएको छ । विद्यालयका प्रअ मोना गिरीले स्पेनमा रहेरपनि सहिद स्मृति विद्यालयलाई सम्झेर सहयोग गरेकोमा खुशी ब्यक्तगर्दे सहयोग रकमको सहि ठाउँमा प्रयोग हुने बताउनु भयो ।विद्यालयमा ३ सय ३० जना विद्याार्थी रहेको जानकारी दिदै उहाँले २ सय ३१ जना विद्यार्थी आवासीय रहेको बताउदै अहिले खानेपानीको लागि युरोगार्ड र तातोपानीको लागि सोलार आवश्यक रहेको बताउनु भयो । कार्यक्रममा संविधान सभासदस्य एवं विद्यालय ब्यवस्थापन समितिका सदस्य तेज कुमारी पौडेल ,नेकपा माओवादी केन्द्र वडानं १४का अध्यक्ष शिवराज कंडेल ,विद्यालयका शिक्षक, विद्यार्थीहरुको सहभागिता रहेको थियो ।