पौष २३ गते २०७८

ए डिभिजन लिग : आज संकटा र सातदोबाटो तथा जावलाखेल र एपीएफ भिड्दै

काठमाडौं,२३ पुस । सहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आजदेखि आठौं चरणका खेलहरु सुरु हुँदैछ । आज दुई खेल हुनेछ । जसमा अपराजित संकटाले नवप्रवेशी सातदोबाटो युथ क्लबसँग खेल्नेछ भने जावलाखेलले एपीएफसँग प्रतिस्पर्धा गर्नेछ ।

जारी लिगमा अपराजित तिन क्लबमध्ये एक रहेको संकटा ७ खेलबाट १३ अंकसहित तेस्रो स्थानमा छ । सातदोबाटो विरुद्ध जित हात पारे संकटाले दोस्रो स्थानमा रहेको मानाङसँग अंक बराबरी गर्नेछ । सातदोबाटो भने ७ खेलबाट ८ अंकसहित आठौं स्थानमा छ ।