असाेज १७ गते २०७८

लायन्स ग्यालेक्सी द्वारा खाद्यान्न बितरण


असोज १७ ,पोखरा
लायन्स क्लव अफ पोखरा ग्यालेक्सी ले स्याङ्गजा फेदीखोलामा रहेको अमोर सेवा नेपाल बालगृहमा रहेका बालबालिकालाई खाद्यान्न बितरण गरेको छ ।
प्रमुख अतिथि लायन्स क्लव इन्टरनेशनल ३२५ बि १ नेपाल रिजन १८ का चेयर पर्सन लायन सन्तोष घिमिरे बिशिष्ट अतिथि फेदिखोला गाउपालिका वडा नं १ का अधक्ष्य खिम बहादुर क्षेत्री ले लायन्स क्लव को सामाजिक क्षेत्रमा गरेको कार्यको खुलेर प्रशंशा गर्नु भएको थियो ।
कार्यक्रममा बालगृहमा रहेका २३ जना बालबालिका का लागी रु २५००० बराबरको खाद्यान्न सामाग्री बितरण गरेको थियो ।
क्लव का अध्यक्ष होम बिलास सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तब्य क्लवका प्रथम उपाध्यक्ष लायन सुरेश आचार्य गरेका थिए । बालगृहका संचालक कमला पराजुलीले यस्तै सहयोगी हातहरुका कारण बिपन्न तथा असाहाय बालबालिका हरुलाई उनिहरुको उजवल भविश्य तिर डोर्याउन सहयोग पुगेको बताईन ।
क्लवका सचिव लायन राजेन्द्र प्रसाद आचार्य ले संचालन गरेको कार्यक्रममा संयोजक लायन मनोज कार्की ले धन्यवाद दिएका थिए ।