भाद्र १९ गते २०७८
पर्वतको पहिरोका कारण गण्डकीका ४ जिल्लामा विद्युत अवरुद्ध
काठमाडौं,१९ भदौ । पर्वतमा शुक्रबार रातिको पहिरोले प्रशारण लाइनको टावर ढलाएका कारण गण्डकी प्रदेशका ४ जिल्लामा विद्युत आपूर्ति अवरुद्ध भएको छ । सदरमुकाम कुश्मा नजिकै मोदी खोला आयोजना र र मोदी खोला–१ जलविद्युत आयोजनाको बीचमा पर्ने प्रशारण लाइनको टावर ढालेको थियो ।
मोदी–१ जलविद्युत आयोजनाको विद्युत मोदी सबस्टेसनमा जोड्न युनाइटेड मोदी हाइड्रोपावर कम्पनीले निर्माण गरेको १३२ केभी प्रसारण लाइन अन्तर्गत पर्वतको चुवामा पर्ने ४ नम्बर टावरलाई पहिरोले ढालेको छ । यसबाट निजी क्षेत्रको स्वामित्वमा पर्वत, म्याग्दी र मुस्ताङमा सञ्चालित विद्युत गृहहरुको ६८.२ मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीबाट बिच्छेद भएको छ । साथै, पर्वत, बाग्लुङ, म्यादी र मुस्ताङको विद्युत आपूर्ति बन्द भएको छ ।