भाद्र १९ गते २०७८
देशभर एक हजार २६८ संक्रमित थपिए, नौजनाको मृत्यु
काठमाडौं, १९ भदौ
पछिल्लो २४ घण्टामा देशभर एक हजार २६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। नौ हजार ८७५ जनाको नमुना परीक्षण गर्दा यो संख्यामा संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयले यसदिन ६ हजार ७५३ जनाको पिसिआर र तीन हजार १२२ जनाको एन्टिजेन विधिबाट स्वाव परीक्षण गरेकोमा पिसिआर विधिबाट एक हजार २४ र एन्टिजेन विधिबाट २४४ जनामा संक्रमण देखिएको हो।
यो अवधीमा नेपालमा नौ संक्रमितको मृत्यु भएको मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ। यस दिन दुई हजार १९५ जना संक्रमणमुक्त भएका छन्। सक्रिय संक्रमितको संख्या ३१ हजार ८२६ रहेको छ।