भाद्र १४ गते २०७८

नेपालसँग मैत्रीपूर्ण खेलका लागि भारतीय फुटबल टोली काठमाडौंमा

काठमाडौं,१४ भदौ । भारतीय राष्ट्रिय फुटबल टोली नेपालसँगको मैत्रीपूर्ण खेलका लागि सोमबार नेपाल आइपुगेको छ । भदौ १७ र २० गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलका लागि कप्तान सुनिल क्षेत्रीसहित २५ सदस्यीय टोली केही बेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिएको हो ।

दुवै टिम अगामी अक्टोबर १ देखि १६ सम्म माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीमा छन् । यसअघि नेपालले भारतसँग २०१५ मार्चमा दशरथ रंगाशालामा खेलेको थियो । २०१८ को विश्वकप छनौट खेलमा दुवै टोली गोलरहित बराबरीमा रोकिएका थिए ।

अहिलेसम्म नेपाल(भारत टिम १९ खेलमा आमने(सामने भएका छन् ।