भाद्र १४ गते २०७८
कांग्रेस महामन्त्रीमा गगन थापाको उम्मेदवारी दिने घोषणा
काठमाडौं, १४ भदौ । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले आसन्न १४औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । सोमबार काठमाडौं महानगरपालिका वडा नम्बर ३० मा आयोजित क्रियाशील सदस्यहरुको भेलालाई सम्बोधन गर्दै थापाले महामन्त्रीमा उम्मेदवारी दिन लागेको घोषणा गरेका हुन् ।
१३औं महाधिवेशनमा पनि थापा महामन्त्रीमा उम्मेदवार बनेका थिए । त्यसबेला सिटौला समूहबाट उम्मेदवार बनेका उनले ५८४ मत पाएका थिए । उनका ससुरा अर्जुननरसिंह केसी शेरबहादुर देउवा समूहबाट महामन्त्रीका उम्मेदवार थिए । तर रामचन्द्र पौडेल समूहका डा। शशांक कोइराला निर्वाचित भएका थिए । थापा यो पटक कुन समूहबाट उम्मेदवार बन्ने अझै टुंगो लागेको छैन ।
कांग्रेसको १४औं महाधिवेशन आगामी मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा गर्ने तय भएको छ ।