भाद्र १ गते २०७८

काबुलबाट उद्धार गरेका ११८ जना नेपाली काठमाडौं ओर्लिए

काठमाडौँ, १ भाद्र । अफगानिस्तानबाट अमेरिकाले उद्धार गरेका ११८ जना नेपाली कामदार आज बिहान काठमाडौं आइपुगेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार कुवेतबाट चार्टर्ड जहाजमा ती नेपालीलाई काठमाडौं ल्याइएको हो । कुवेतबाट जजिरा एयरवेजको जहाजमार्फत उनीहरू मंगलबार बिहान १० बजेर २० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको त्रिभुवन विमानस्थलका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।

उद्धार गरेर ल्याइएका नेपाली अफगानिस्तानस्थित अमेरिकी दूतावासमा सुरक्षा गार्डका रूपमा कार्यरत रहेको बताइएको छ । उनीहरूलाई यूएस फोर्सको जहाजबाट काबुलबाट कुवेत पुर्‍याइएको थियो ।