श्रावण २५ गते २०७८
‘एक्स ९’ मा अनमोल अनुबन्धित
अभिनेता अनमोल केसी नयाँ फिल्म ‘एक्स ९’ मा अनुबन्धित भएका हुन् । शनिवार काठमाडौंको म्यारियट होटलमा फिल्मका निर्माता र अनमोलबीच कागजी सम्झौता भएको हो । ‘लप्पन छप्पन’ फेम्ड निर्देशक मुकुन्द भट्टले निर्देशन गर्ने फिल्ममा अनमोल टाइटल क्यारेक्टरमा हुनेछन् । उनले महंगो पारिश्रमिक बुझेर फिल्म साइन गरेको बताइएको छ । यो फिल्मका लागि निर्देशक भट्टसहितको टिम लामो समयदेखि अनमोलसँग छलफलमा थियो । निषेधाज्ञाअघि नै दुई पक्षबीच मौखिक सहमति भए पनि कागजी सम्झौता हुन सकेको थिएन । अनमोलले आउँदो जनवरीबाट फिल्मको छायांकन सुरु गर्नेछन् । यसअघि उनी आफ्नै होम प्रोडक्सनको ‘पारस, एन्टी हिरो र माइतीघर २’ मध्ये एउटा फिल्मको छायांकन पूरा गर्ने योजनामा छन् ।