श्रावण २५ गते २०७८
कास्कीका १९६ सहित गण्डकीमा थप ५७७ जनामा कोरोना पुष्टि
पोखरा, २५ श्रावण ।
प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १२०४ जनामा गरिएको नमुना परीक्षणमा थप ५७७ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको छ ।
आज संक्रमण पुष्टि हुनेमा गण्डकीका १० जिल्लाका छन् । जसअन्तर्गत कास्कीका १९६ जना, तनहुँका १३ जना, गोरखाका ४९ जना, लमजुङका ६२ जना र नवलपुरका ९८ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै स्याङ्गजाका ८६ जना, पर्वतका पाँच जना, बागलुङका ६० जना, म्याग्दीका सात जना र मुस्ताङ जिल्लाका एक जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।
आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ७२ हजार ६२८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा गण्डकीबाट ४२७ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ६५ हजार ५९१ पुगेको छ।
सोमबार गण्डकीमा थप पाँच जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि हुनेमा नवलपुरका एक जना, स्याङ्गजाका एक जना, कास्कीका एक जना, म्याग्दीका एक जना र तनहुँका एक जना छन्।
आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११४१ पुगेको निर्देशनालयले जनाएको छ ।