वैशाख २० गते २०७८

नेपाली गायक ‘अर्थर गन’ अमेरिकन आइडलको शीर्ष सातमा

काठमाडौं,२० वैशाख । नेपाली गायक दिवेश पोखरेल अमेरिकन आइडलको शीर्ष सातमा पुग्न सफल भएका छन् । उनी फिल्म कोकोुको रिमेम्बर मीुबोलको गीत गाएर शीर्ष सातमा प्रवेश गरेका हुन् ।

निर्णायक केटी पेरीले उनको उक्त प्रस्तुतिलाई आजसम्मकै उत्कृष्ट भन्दै तारिफ गरिन् । गीतमा भनेजस्तै हामीले तिमीलाई बिर्सेका थिएनौं । हामीले सधैं तिमीलाई सम्झिरह्यौं, उनले भनिन् । निर्णायक लायोनल रिचीले पनि पोखरेलको गायनशैलीको तारिफ गरे । स्टाइलिस हुनु ठूलो कुरा हो । तिमी जुनसुकै गीतलाई पनि आफ्नै बनाएर गाउन सक्छौ । तिमीलाई आइडलमा पुनस् स्वागत छ, लायोनलले भने।
देशभरको लाइभ भोट बाट उनी शीर्ष सातमा प्रवेश गरेका हुन् । शीर्ष सात प्रवेशका लागि प्रतिस्पर्धीहरुले डिज्नीको गीत गाएका थिए ।