वैशाख २० गते २०७८
मंगलबारबाट कास्कीभर पूरै लकडाउन
पोखरा,२० वैशाख । कोरोनाको संक्रमण दिनप्रतिदिन बढ्ने र मृत्यु पनि बढ्दै जान थालेपछि कास्कीमा भोली देखि पूरै लकडाउन हुने भएको छ ।
जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले गत १५ वैशाखदेखि लगाइएको निषेधाज्ञा कडाइ गरेर वैशाख मसान्तसम्म लम्ब्याउने निर्णय गरेको छ । नयाँ आदेश बैशाख २१ गते मंगलबार विहान ५ बजेदेखि ३१ गते राति १२ बजेसम्म लागु हुनेछ ।
प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमद्वारा जारी आदेशमा खाद्यान्न, डेरी पसल, बिहान ५ बजेदेखि ९ बजेसम्म खोल्न पाइने निर्णय छ । यी पसलहरु पनि सीमित समयका लागि मात्र खुल्नेछन् । औषधी पसल भने २४ घन्टा खोले पनि रोकतोक हुने छैन । स्वास्थ्य, सुरक्षा, सञ्चार, विद्युत, खानेपानी, औषधीजन्य उत्पादन तथा बिक्री वितरण लगायत अत्यावश्यक सेवाबाहेक अरु सरकारी तथा गैरसरकारी कार्यालय बन्द रहने छन् ।