चैत्र २८ गते २०७७

पोखरामा पेट्रोल पम्पमा सफा गर्ने क्रममा जलेर एक घाइते

पोखरा, २८ चैत । पोखरामा पेट्रोल पम्प मर्मत गर्ने क्रममा ग्याँसले पोलेर एक पुरुष घाइते भएका छन् । पोखरा १७ बिरौटामा रहेको जगदम्बा पेट्रोल पम्पमा पम्पको मेशिन मर्मत तथा सरसफाइ गर्ने क्रममा ट्याङ्की भित्र जम्मा भएको ग्याँसले पोल्दा स्थानीय ६१ वर्षीय वासु थापा घाइते भएको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक मोहन प्रसाद पोखरेलका अनुसार घाइते थापाको चरक मेमोरियल अस्पताल पोखरामा उपचार भइरहेको छ ।घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।