चैत्र २३ गते २०७७

स्वास्थ्यमन्त्री भन्छन् जेठ-असारमा कोरोनाको दोस्रो लहर उच्च बिन्दुमा पुग्न सक्छ

काठमाडौँ,२३ चैत । स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ विरुद्ध जनस्वास्थ्यका मापदण्डलाई कडाइका साथ पालना गर्न आग्रह गरेका छन् ।

मंगलबार संसदमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री त्रिपाठीले नेपालमा अहिले कोरोनाबाट आतंकित हुने अवस्था आइनसकेको र सावधान र सतर्क रहौं’ मन्त्री त्रिपाठीको भनाई छ ।

मुलुक प्रवेश गर्ने नाकामा एन्टीजेन परीक्षणको लागि हेल्थ डेस्क अनिवार्य व्यवस्था गरिएको जानकारी उनले दिए । आगामी जेठ–असारमा कोरोनाको दोस्रो लहर उच्च विन्दुमा पुग्ने जानकारी दिँदै उनले सबैलाई सुरक्षित हुन आग्रह गरे ।