चैत्र २ गते २०७७
गण्डकी प्रदेश खेलकुद परिषद् सदस्य सचिवमा तेज गुरुङ
पोखरा , ०२ चैत । गण्डकी प्रदेश सरकारले तेजबहादुर गुरुङलाई प्रदेश खेलकुद परिषद ९प्रखेप० सदस्य सचिव नियुक्त गरेको छ। खुला प्रतिस्पर्धात्मक आह्वानअनुसार आवेदन गरेका गुरुङलाई आइतबारको मन्त्रिपरिषद बैठकले नियुक्ति गरेको जानकारी सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले दिए।
उक्त पदका लागि तेज गुरुङ र नवराज अधिकारीको आवेदन परेको थियो। गण्डकी प्रदेश खेलकुद विकास ऐन २०७७ अनुसार सरकारले प्रखेप सदस्य सचिव चयन गर्न सामाजिक विकास मन्त्री नरदेवी पुन संयोजक रहेको ३ सदस्यीय समिति गठन गरेको थियो। समितिमा सामाजिक विकास मन्त्रालयका सचिव विनोदबहादुर कुँवर र खेलविज्ञ दिलबहादुर गुरुङ सदस्य थिए।