फागुन २५ गते २०७७

रघुजी पन्तलाई क्षमा दिन सक्दिन – कोमल वली

काठमाडौँ,२५ फागुन । राष्ट्रियसभा सदस्य कोमल वलीले आफूमाथि ‘लैङ्गिक हिंसाजन्य’ अभिव्यक्ति दिएका नेकपा एमालेका नेता रघुजी पन्तलाई क्षमा दिन नसक्ने बताएकी छन् ।

उनले पूर्वमन्त्री पन्तविरुद्ध मंगलबार जिल्ला अदालत, काठमाडौंमा मंगलबार गाली बेइज्जतीसम्बन्धी मुद्दा दायर गरेकी छन् । त्यसक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले पन्तको अभिव्यक्तिले आफूलाई चोट पुगेको बताए ।