फागुन २ गते २०७७

सुनचाँदी व्यवसायी संघ कास्कीको अध्यक्षमा राजेशमान, महासचिवमा गौतम


कमल पौडेल अथक
पोखरा २, फागुन
सुनचाँदी व्यवसायी संघ कास्कीको तेस्रो अधिवेशनबाट अध्यक्षमा राजेशमान बुद्धाचार्य चयन भएका छन् । समितिको उपाध्यक्ष भबिन्द्र बिश्वकर्मा, उपाध्यक्ष दीपक घिमिरे, महासचिव तारा गौतम, सचिव कमलमान सुनार, कोषाध्यक्ष सोभितमान बुद्धाचार्य, सहकोषाध्यक्ष मंगलराज साक्य, सहसचिव सिता पन्थी, महिला सदस्य अन्जिता लोहनी९दियाली० चयन भएका छन् ।
यसैगरी सदस्यहरू महेन्द्र बिश्वकर्मा, गणेश सेन्चुरी, दुर्गा सुनार, टेकनारायण साक्य,नितिन बज्राचार्य, नरकुमार सुनार९शिव० राजकुमार बि घिमिरे ९कमल० राजेन्द्र बहादुर सुनार, जिवन सुनार, भिम बहादुर बिश्वकर्मा चयन भएका छन् ।
मनोनित सदस्यमा दिनेशमान बुद्धाचार्य र सोम बहादुर सुनार रहेका छन् ।
संघका अध्यक्ष निर्मल दियालीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघ अध्यक्ष माणिक रत्न साक्य, महासंघ उपाध्यक्ष दुर्गा बहादुर सुनार, प्रदेश अध्यक्ष चन्द्र किशोर गौतम, संस्थापक अध्यक्ष तथा संरक्षक महेन्द्रमान गुभाजु, निर्वाचन अधिकृत हेमराज बराल,संजिब बहादुर कोईराला विशिष्ठ सल्लाहकार बिनोद साक्य, बुद्धि बहादुर गहतराज, सल्लाहकार दुर्गामान बुद्धाचार्य, कृष्णमान गुभाजु, रामलाल सुनार लगायत ले नव निर्वाचित कार्यसमितिको सफलताको शुभकामना व्यक्त गरेको महासचिव ताराप्रसाद गौतमले जानकारी दिएका छन् ।