माघ २६ गते २०७७

१५ औं अन्तराष्ट्रिय सफल म्याराथन सफल पार्न वडा बासि जागरुक

पोखरा २६, माघ ।

आगमी फागुन १ गते पोखरामा हुने १५ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता २०७७ लाई सफल पार्न पोखरा महानगरपालिका वडा नम्बर १ का वडा वासी जागरुक भएका छन्। पोखरा महानगरपालिका वडा नम्बर १ मा वडा अध्यक्ष शारदा पराजुलीको अध्यक्षतामा सोमबार बसेको विभिन्न संघ संस्थाहरुको बैठकमा सहभागिहरुले उक्त प्रतियोगिता सफल पार्न आफुहरु निकै जागरुक भएको जनाएका हुन्।

फागुन १ गते उक्त म्याराथन सहित महिलाहरुको लागि २१ किलोमिटरको हाफ म्याराथन प्रतियोगिता समेत हुने भएको छ । ४२.१९५ किलोमिटर दौड (म्याराथन) का विजेताले २ लाख उपविजेताले १ लाख र तेस्रो हुने खेलाडीले ७५ हजार रुपैयाँ, शान्त्तोना हुनेले २५ हजार साथमा ट्रफी मेडल, प्रमाणा—पत्र प्राप्त गर्ने भएको मञ्चका अध्यक्ष गुरुङले बताए । त्यसै गरी महिला तर्फको हाफ म्याराथनको विजेताले १ लाख, उपबिजेताले ७५ हजार, तेश्रो हुनेले ५० हजार र शान्त्वना हुनेले भने १५ हजार नगद प्राप्त गर्ने भएको उनले जनाए ।

कोभिड—१९ ले गर्दा अन्य विभिन्न इभेन्टका दौड प्रतियोगितालाई विभिन्न चार चरणमा हुने मिति तय गरिएको छ । त्यसै १० किलोमिटर महिला तथा पुरुष तर्फको दौड प्रतियोगिता चैत १४ गते, फागुन २२ गते महिला तथा पुरुष तर्फको ह्विल चियर दौड प्रतियोगिता र आउदो वैशाख ४ गते मञ्चको बार्षिकोत्सको अवसरमा ५ किलोमिटर बिद्यालय स्तरिय छात्र÷छात्रा दौड प्रतियोगिता हुने भएको छ । यस बर्ष भने रन फर फनको कार्यक्रम कोभिड—१९ ले गर्दा नहुने भएको मञ्चले जनाएको छ ।