माघ २५ गते २०७७

टाइगर कप क्लब च्याम्पियनसिपको तयारी पुरा

काठमाडौं,२५ माघ ।

पोखरामा आयोजना हुने आमन्त्रित राष्टिय क्लब च्याम्पियनसिप महिला पुरुष भलिबल प्रतियोगिताको तयारी पुरा भएको छ ।माघ २७ देखि फागुन १ गतेसम्म पोखरा रंगशालामा आयोजना हुने प्रतियोगिताको तयारी पुरा भएको आयोजक टाईगर ग्रुप पोखराका अध्यक्ष नारायणप्रसाद शर्माले जानकारी दिनुभयो ।

प्रतियोगितामा पुरुषतर्फ सशस्त्र प्रहरीबल काठमाण्डौ, त्रिभुवन आर्मी क्लव, काठमाण्डौं, नेपाल प्रहरी काठमाण्डौ र गण्डकी प्रदेशको सहभागिता रहने छ भने महिलातर्फ सशस्त्र प्रहरीबल काठमाण्डौ, त्रिभुवन आर्मी क्लव, काठमाण्डौं, नेपाल प्रहरी काठमाण्डौ र न्यू डायमण्डको सहभागिता रहने छ ।