माघ १९ गते २०७७

भारतमा कोरोना बाट मृत्यु हुने व्यक्तिको संख्या डेढ लाख नाघ्यो

भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण ११८ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५४ हजार ३९२ जना पुगेको छ । यहाँ कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या आइतबारसम्म एक करोड सात लाख ५७ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा ११ हजार ४२७ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड सात लाख ५७ हजार ६१० पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ । – एजेन्सी ।