माघ १८ गते २०७७
आहा रारा गोल्डकप चैत १७ मा
पोखरा,१७ माघ,
मोफसलको प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लबस्तरीय आमन्त्रित आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको १९ औँ संस्करण आगामी चैत १७ देखी २८ गतेसम्म सञ्चालन हुने भएको छ ।
आयोजक सहारा क्लबले आज पोखरामा पत्रकार सम्मेलन आयोजना गरी अखिल नेपाल फुटबल सङ्घएन्फाबाट सो मितिमा प्रतियोगिता सञ्चालन गर्न समय तालिका प्राप्त भएकाले प्रतियोगिताको तयारी शुरु गरिएको जनाएको छ ।
“खेलकूदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकूद पर्यटन शहरको रुपमा स्थापित गरौँ” भन्ने उद्धेश्य सहित आयोजना हुने प्रतियोगितामा विदेशी टोली, ए डिभिजनका क्लबहरु, मोफसलका टोली र आयोजक सहाराको टोली सहभागी हुने क्लबका अध्यक्ष केशबबहादुर थापाले बताए ।
प्रतियोगिताबाट कूल आम्दानी रु एक करोड ३० लाख एक हजार तथा खर्च रु एक करोड एक लाख ८१ हजार हुने अनुमान गरिएको क्लबले जनाएको छ ।
गत वर्षको संस्करण मनाङ मस्र्याङदी क्लबले जितेकामा विभागीय नेपाल पुलिस क्लब उपविजेता बनेको थियो । क्लबले आयोजना गर्ने प्रतियोगितालाई पहिलो संस्करणदेखी मुख्य प्रायोजक बनेर यहाँको व्यावसायिक प्रतिष्ठान हिमश्री फुड्सको उत्पादन आहा तथा रारा तयारी चाउचाउले गरेको छ ।
प्रतियोगिताबाट बचत भएको रकम क्लबबाट पोखरा–१७ दोविल्लामा सञ्चालित सहारा फुटबल एकेडेमी सञ्चालनमा खर्च गरिदै आइएको महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिएका छन् ।