माघ १२ गते २०७७

आगामी वैशाख २५ मा हुने फुटसल ‘ए’ डिभिजन लिग पोखरामा हुने

काठमाडौँ, १२ माघ । आगामी वर्ष हुने फुटसल ‘ए’ डिभिजन लिग कास्कीको पोखरामा हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०ले आज सूचना जारी गर्दै फुटसलको ‘ए’ डिभिजन लिग २०७८ साल वैशाख २५ देखि जेठ १५ गतेसम्म पोखरामा गर्ने जानकारी गराएको हो ।

एन्फाको फुटसल कमिटीले आयोजना गर्ने उक्त लिगमा कूल १० टोलीको सहभागिता रहनेछ । सो लिगको विजेताले रु १० लाख, उपविजेताले रु ५० हजार तथा सर्वोकृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक र उदयीमान खेलाडीले जनही रु २५ हजार पुरस्कार प्राप्त गर्नेछन ।एन्फाले सहभागी प्रत्येक टोलीलाई रु एक लाख उपलब्ध गराउनेछ ।