माघ ६ गते २०७७

महिला प्रहरी इन्चार्जलाई पर्यटन व्यवसायी महिलाको स्वागत

पोखरा ५, माघ ।
पोखराको पर्यटन क्षेत्रमा क्रियाशिल महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)ले वडा प्रहरी कार्यलय वैदाममा हालै इन्चार्जको जिम्मेवारी सम्हाल्नु भएका प्रहरी नायव उपरीक्षक चिनिमाया तामाङलाई स्वागत गरेको छ ।
मञ्चका अध्यक्ष पार्वती पाण्डेले तामाङको कार्यकालको सफलता शुभकामना सहित दोसल्ला ओढाएर स्वागत गर्नुभएको हो । अध्यक्ष पाण्डेले लेकसाडइको वडा प्रहरी कार्यलयले पहिलोपल्ट महिला इञ्चार्ज पाएको उल्लेख गर्दै यस क्षेत्रको शान्ति सुरक्षा र अमन चयनमा थप सुधार आउने विश्वास व्यत्त गर्नुभयो । “हामीले पहिलोपल्ट महिला इञ्चार्ज पाएका छौ, यो निकै खुशीको कुरा हो महिला व्यवसायीले अब निर्धक्कका साथ आफ्नो कुरा राख्न सहज हुने विश्वास हामीले गरेका छौ ।” पाण्डेले भन्नुभयो ।
इन्चार्ज तामाङले सुन्दर शहरमा सुन्दर मनहरुको स्वागतले आफूलाई थप हौसला मिलेको बताउनुभयो । उहाँले भन्नुभयो “यो स्वागतले मलाई अझै बढी जिम्मवार बनाएको छ । आफ्नो क्षेत्राधिकार भित्र रहेर शान्ति सुरक्षामा जोड दिदै अपराध न्यूनिकरणका लागि पहल गर्ने गर्नेछु ।” उहाँले आफू आएदेखि चोरी डकैटी केस अलि बढी आएको जनाउँदै सबै व्यवसायीलाई सिसि टिभि राख्न समेत आग्रह गर्नु भयो ।उहाँले पर्यटकीय क्षेत्रको जिम्मेवारीलाई आफूले अवसरसँगै चूनौतीको रुपमा लिएको उल्लेख गर्दै कुनै पनि प्रभाव र दवाबमा नपरी नागरिकका लागि काम गर्ने बताउनुभयो ।