माघ ४ गते २०७७
कोरोना भाइरस आइसक्रीममा पनि देखियो
काठमाडौं, ४ पुष ।
चीनबाट एउटा स्तब्ध पार्ने समाचार आएको छ। आइसक्रीमका केहि बट्टामा कोरोना पोजेटिभ देखिएपछि त्यस सम्बन्धमा अनुसन्धान सुरु भएको छ। चीनको टियांजिनमा आइसक्रीमका तीन बट्टामा कोरोना पोजेटिभ देखिएपश्चात विस्तृत अनुसन्धान सुरु गरिएको हो।
आइसक्रीमका बट्टाहरूमा कोरोना भाइरस पत्ता लागेसँगै अधिकारीहरूले हजारौं आइसक्रीमका डब्बाहरू वितरणमा रोक लगाएका छन्। चाइना डेली रिपोर्टका अनुसार टियांजिन डाकियाओदाओ फूड कम्पनीमा ४ हजार ८ सय ३६ आइसक्रीमको बक्समा कोरोनाका भाइरस भेटिएको बताइएको छ। अनुसन्धान सुरु भइसके पनि उक्त कम्पनीका उत्पादनमा कसरी कोरोना भाइरस देखिए भन्ने बारे थाहा भइसकेको भने छैन। यद्यपी त्यसबारे आत्तिनुपर्ने अवस्था नरहेको विज्ञहरुको भनाइ छ।