पौष २८ गते २०७७
अन्तर्राष्ट्रिय म्याराथन फागुन १गते हुने
पोखरा, २८ पुष ।
‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’ को १५ औँ संस्करण आउँदो फागुन १ गते हुने भएको छ । भूतपूर्व खेलाडी मञ्च नेपालले पोखरामा आयोजना गर्दै आएको म्याराथनको विजेताले दुई लाख तथा द्वितीय एक लाख रुपैयाँ, तृतीयले ७५ हजार र सान्त्वनाले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने मञ्चले जानकारी दिएको हो ।
सुन्दर पर्यटकीय नगरी पोखरालाई खेलकुदको विश्व मानचित्रमा स्थापित गराएर खेलकुद पर्यटन प्रवर्द्धनका लागि म्याराथनलाई यस वर्ष पनि निरन्तरता दिइएको आयोजकको भनाइ छ ।
यस वर्षदेखि महिलाका लागि २१ किमी ९हाफ म्याराथन० पोखरा म्याराथनमा समावेश गरिएको मञ्चका अध्यक्ष तेजबहादुर गुरुङले जानकारी दिनुभयो । हाफ म्याराथनमा प्रथम, द्वितीय, तृतीय र सान्त्वनाले क्रमशः एक लाख, ७५ हजार, ५० हजार र १५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।