पौष २८ गते २०७७

माघ ६ गतेदेखि पोखरा थिएटर सञ्चालनमा

पोखरा, २८ पुष ।

लामो समयको बन्द पछी पोखरा थिएटर (गन्धर्व नाटकघर) यही माघ ६ गतेदेखि सञ्चालन हुने भएको छ । । पोखरा थिएटरका अध्यक्ष परिवर्तन कार्कीले ‘अब विस्तारै सिनेमा हल पनि खुल्न थाले थिएटर पनि सञ्चालन गर्ने तयारीमा रहेको बताए । कार्कीले भने , ‘यत्रो समय थला परेको रंग क्षेत्रलाई उठाउने तयारीमा लागेका छौं । नियमित काम गर्न त अझै गाह्रो नै होला तर, अब हामी काममा फर्कदैछौं ।’

पोखरा थिएटरले छिट्टै नै गण्डकी प्रदेश स्तरीय विद्यालय नाटक महोत्सवको आयोजना गर्ने र त्यसका लागि माघ ६ गते बाट अबेदन खुल्ला गरिने थिएटरले जनाएको छ । अघिल्लो बर्ष थिएटरले महानगर स्तरिय नाटक महोत्सब सम्पन्न गरिसकेको छ ।