पौष २४ गते २०७७

प्रधानमन्त्रीको कदम असंवैधानिक र अनाधिकृत : गगन थापा

काठमाडौं ,२४ पुस ।

पूर्व स्वास्थ्य मन्त्री एवंम नेपाली कांग्रेसका नेता गगनकुमार थापाले संविधानमा संसद विघटनको परिकल्पना समेत नगरिएको बताएका छन् ।

प्रतिनिधिसभा विघटनको विरोधमा शुक्रबार भक्तपुरमा आयोजित विरोध सभामा बोल्दै नेता थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर अनाधिकृत काम गरेको बताए । संविधानमा बहुमत प्राप्त प्रधानमन्त्रीले संसद भंग गर्न पाउने कुरा कहीँकतै नलेखेको भन्दै उनले प्रधानमन्त्रीको कदम असंवैधानिक र अनाधिकृत रहेको बताए ।