पौष २४ गते २०७७

पोखरामा पृथ्वी जयन्ति तथा राष्ट्रिय एकता दिवस मनाउने तयारी


कमल पौडेल अथक
पोखरा २४, पुस
यो वर्षको राष्ट्रिय एकता दिवस पोखरामा तीन दिनसम्म मनाईने भएको छ । राष्ट्रिय एकता दिवस मूल समारोह समितिले २९९ औ एकता दिवस यसरी मनाउने तयारी गरेको शुक्रवार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
यही पुस २५ गतेदेखि २७ गतेसम्म सो दिवस मनाउन लागिएको आयोजकले जनाएका छन् । घोषित कार्यक्रम अनुसार २५ गते पृथ्वीनारायण शाहको दिव्योपदेश र पुस्तक परिचर्चा, २६ गते ११ वजे कविता प्रतियोगिता कार्यक्रम हुने छ ।
यसैगरी यही पुस २७ गतेका दिन पृथ्वी जयन्ति तथा राष्ट्रिय एकता दिवस र्याली निकालिने भएको छ ।
दिवसको दिनमा विहान ११ वजे चिप्लेढुंङ्गामा जम्मा भएर बाजा गाजा सहित पृथ्वीचोकमा पुगेर कोण सभा गरिने मूल आयोजक समितिका संयोजक शंकर खरालले जानकारी दिएका छन् । र्यालीमा ब्राम्हण समाज, क्षेत्री समाज, दशनामी समाज लगायतका दर्जनौ समाज तथा संघ संस्थाहरुको सहभागिता रहने खरालले वताए ।
सल्लाहकार केशव भण्डारीले पृथ्वी नारायण शाहको शालिक पोखराको पृथ्वीचोकमा नै राखिनु पर्ने वताए । सो अवसरमा नारायणहरि तिवारी, दुर्गा अधिकारी लगायतले पनि एकता दिवसको महत्व माथि प्रकाश पारेका थिए ।