पौष २३ गते २०७७
आहा रारा गोल्डकप बाट करिब १९ लाख बचत
पोखरा,२२ पुष ।
राष्ट्रिय तथा अन्तरराष्ट्रिय आमन्त्रित १८औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताबाट रु १८ लाख ९७ हजार ६५७ बचत भएको छ।
सहारा क्लब पोखराको आयोजनामा गत वर्ष फागुन २१ देखि चैत १ गतेसम्म पोखरा रङ्गालामा सञ्चालन भएको प्रतियोगिताबाट रु ८८ लाख १० हजार ३६६ आम्दानी भएकोमा प्रतियोगिता सम्पन्न गर्न रु ६९ लाख १२ हजार ७०९ खर्च भएर सो रकम बचत भएको क्लबले विज्ञप्तिमार्फत जनाएको हो।
प्रतियोगिताबाट बचत रकम पोखरा महानगरपालिका–१७ दोविल्लामा क्लबद्वारा सञ्चालित फुटबल एकेडेमीका बालकको आवास तथा शिक्षादिक्षामा खर्च गरिने क्लबका अध्यक्ष केशवबहादुर थापाले बताए।