पौष २२ गते २०७७

आठ महिना पछि चलचित्र ‘चिसो मान्छे’ प्रदर्शन हुने

काठमाडौँ, २२ पुष ।

चलचित्र ‘चिसो मान्छे’ले प्रदर्शन मिति सार्वजनिक गरेको छ। निर्माण टोलीले चलचित्रलाई २०७८ साल भदौँ ११ गते देशभर प्रदर्शन गर्ने जनाएका छन्।

चलचित्रमा स्वस्तिमा खड्का र अर्पण थापाको मुख्य अभिनय रहने छ। यो चलचित्रका निर्देशक दिपेन्द्र के खनाल रहेका छन् भने शर्मिला पाण्डे निर्माता रहेकी छन्। चलचित्रले नेपालको सामाजिक कथा बोकेको निर्माण पक्षले जनाएको छ।