माघ १० गते २०८०

आहा रारा पोखरा गोल्ड कप सुरु, थ्री स्टार क्वाटरफाइनलमा प्रबेश

पोखरामा आहा रारा पोखरा गोल्ड कप सुरु भएको छ । सहारा क्लवको आयोजनामा मंगलबार देखि उक्त प्रतियोगिता सुरु भएको हो । उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई पराजित गर्दै थ्री स्टार क्लव २३ औं संस्करणको आहा रारा पोखरा गोल्ड कपको क्वाटरफाइनलमा प्रबेश गरेको छ । पहिलो प्रि–क्वाटरफाइनल खेलमा थ्री स्टारले आयोजक सहारा क्लबलाई २–१ को गोल अन्तरले पराजित गर्दै अन्तिम आठमा यात्रा बनाएको हो ।

थ्री स्टारका योगेश गुरुङले एक गोल गरे भने सहाराका आसिस गुरुङले एक गोल गर्दा सहाराको एक गोलको उपहारले थ्री स्टार क्वाटरफाइनलमा यात्रा बनाएको हो । थ्री स्टारका योगेश गुरुङले खेलको ६ मिनेमै पहिलो गोल गरी टिमलाई अग्रता दिलाउनु भयो । खेलको २३ औं मिनेटमा सहाराले घरेलु मैदानको फाइदा उठाउदै खेल बराबरीमा पुग्यो । खेलमा सहाराका आसिस गुरुङले गोल गरी खेल बराबरीमा पुर्याएका हुन् । खेलको ५९ औं मिनेटमा थ्री स्टारका एन्जल महर्जनले प्रहार गरेको फ्रिकिक बललाई बचाउन खोज्दा सहाराका अनिस तामाङको हेड फिक्क भई गोल भएको थियो । खेलमा थ्री स्टारका योगेश गुरुङ म्यान अफ दी म्याच घोषित हुनु भयो ।

थ्री स्टारले अब यही माघ १३ गते पाहुना टोली भुटानको पारो एफ।सी।संग क्वाटरफाइनलमा प्रतिष्प्रर्धा गर्ने भएको छ । थ्री स्टारका प्रशिक्षक बिक्रम लामाले खेलाडीबाट हाल पहिलो पटक प्रशिक्षक भयर भूमिका निभाउन निकै कठिन भएको अनुभव सुनाउदै आफ्नो टिमले अपेक्षा गरे अनुसार खेलेको बताउनु भयो ।

यही माघ बीस गतेसम्म संचालन हुने प्रतियोगिताको पोखराका मेयर धनराज आचार्यले उद्घाटन गर्दै उक्त प्रतियोगितालाई महानगरले संरक्षकको भूमिकामा रहेको बताउदै यस्ता खेल गतिविधिले पोखराको खेल पर्यटनको प्रबद्र्धन हुने जनाउनु भयो । मुख्य प्रायोजक हिमश्री फुड्स प्रा।लि।का निर्देशक प्रकाश के।सी।ले आफ्ना बाबु सुर्य बहादुर केसीको सपना पुरा गर्ने गरी आफुहरुले उक्त प्रतियोगितालाई निरन्तर रुपमा सहयोग गर्ने वचन दिनु भयो । पृथ्बीराजमार्ग बस संचालक कम्पनीका अध्यक्ष योगेन्द्र बहादुर केसीले पोखराको उक्त प्रतियोगितालाई सबैले साथ र सहयोग गर्नुपर्नेमा जोड दिनु भयो ।

प्रतियोगितामा १ विदेशी सहित १२ टिमको सहभागिता रहेको क्लवका अध्यक्ष केशवराज बरालले बताउनु भयो । प्रतियोगितामा विजेताले १२ लाख १ हजार रुपैयाँ नगद पाउने छ भने उपविजेता क्लबले ६ लाख १ हजारको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने भएको महासचिव रामजी प्रसाद अधिकारीले बताउनु भयो ।