पौष २१ गते २०७७

पछिल्लो २४ घण्टामा ८ जनाको निधन,५२२ जनामा कोरोना संक्रमण

काठमाडौं,२१ पुष ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार देशभर पछिल्लो २४ घण्टामा थप ८ जनाको निधन र ५ सय २२ जनामा संक्रमण पुष्टि भएको छ।

मन्त्रालयकाअनुसार थपिएका ५ सय २२ जनासहित देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ६२ हजार ७ सय ८४ पुगेको छ । यीमध्ये ५ हजार २ सय २५ जना सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा ५ सय ७८ जनाले कोरोना संक्रमणलाई जितेका छन् । मन्त्रालयकाअनुसार थपिएको संख्यासँगै २ लाख ५५ हजार ६ सय ६६ जनाले कोरोना संक्रमण जितेका छन् । मन्त्रालयकाअनुसार थपिएका ८ जनासहित देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ८ सय ९३ जना पुगेको छ ।