पौष १९ गते २०७७

५ सय रुपैयाँमा एक बर्ष फिल्म हेर्न पाइने

काठमाडौं । कोरोनाको कारण देशमा लकडाउन भए संगै विश्व बजारमा ओटीटी प्लेटफर्ममा चलचित्र हेर्ने दर्शकको संख्या बढिरहेका छन् । हलहरु बन्द भएपछि यो माध्यम अझै सशक्त बनेको हो । नेपालमा पनि ओटीटी प्लेटफर्मको सुरुवात भए पनि दर्शकले भने यो माध्यमलाई अझै पनि विश्वास गर्न सकेका छैनन् ।

यसैविच, सन् २०१६ मा नेपालमा ओटीटीको संकार बसाल्न सफल मानिएको ‘सिनेमाघर एप’ अब अपडेटेड भर्सनमा आएको छ । ‘सिनेमा घर गोल्ड’ नाम राखिएको यो एपमा ५ सय रुपैयाँ तिरेर एक बर्ष भरी चलचित्र, वेव सिरिज, स्ट्यान्ड अप कमेडी, सर्ट मुभिज हेर्न पाइने बताइएको छ ।